काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बिहिबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
टियु मैदानमा हुने खेलमा लुम्बिनी प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।
फाईनल पुग्ने सम्भावना कायमै राख्न दुवै टोलीका लागि जित आवश्यक रहेको छ ।
आजको खलमा जित निकालेर लुम्बिनी दोस्रो स्थानको बागमती प्रदेशसँग अंक बराबर गर्न चाहान्छ ।
मुलपानीमा हुने खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेशको बीच खेल हुनेछ ।
प्रतियोगिताबाट बाहिरि सकेका यि दुई टोली बिचको खेल प्रतिष्ठाको लडाई मात्र रहेको छ ।
दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।