काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर सोमपाल कामीको एकदिवसीय बलिङ वरीयतामा सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल दुई स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा सोमपाल ९३ औं स्थानमा छन् ।
बलिङतर्फ नै सन्दीप लामिछानेले एक स्थान सुधार गरेर ३७ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ आसिफ शेख र कप्तान रोहित कुमार पौडेलको वरीयता यथावत रहेको छ ।
नयाँ वरीयतामा शेख ९१ औं र पौडेल ९२ औं स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।
बलिङतर्फ भने न्युजिल्याण्डका फास्ट बलर ट्रेन्ट बोल्ट पहिलो स्थानमा रहेका छन् ।