काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई जितका लागि २ सय ३५ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले २ सय ३५ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४९ ओभरमा अलआउट हुदै २ सय ३४ रन मात्र बनायो।
लुम्बिनीका लागि देव खनालले ५४ बलमा ४६ तथा आकाश त्रिपाटीले ७० बलमा ४० रन बनाए । दुर्गेश गुप्ताले २५ बलमा ३८ रन तथा तुल बहादुर थापाले २८ रन बनाए ।
विशाल भुषालले २० रन जोड्दा कप्तान विशाल बिक्रम केसीले ११ रन जोडे ।
बागमतीका लागि प्रतिक श्रेष्ठले ३ तथा अविशेक कोईराला र ओमकार यादवले समान २/२ विकेट लिए । अहमद राजा र योगेश भाटले समान १/१ रन बनाए ।
बागमती आजको खेलमा जित निकालेर एक खेल अगावै फाईनल पुग्न चाहान्छ । लुम्बिनी प्रदेशलाई प्रतियोगितामा जीवित रहिरहन यो खेल जित्नै पर्ने हुन्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।