काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा मधेशले सुदुपश्चिमलाई १ सय २३ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा अलआउट हुदै १ सय २२ रन बनाएको थियो । मधेशका लागि अलि अन्सारीले ५६ बलमा ३२ रन जोड्दा इम्रान शेखले २८ रन जोडे ।
मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।
मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
सुदुरपश्चिमका लागि नरेन साउदले ९.१ ओभरमा २४ रन खर्चिएर ५ विकेट लिए । हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिए ।
मधेश प्रदेश तीन खेल अंक बिहिन रहेर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ । अपराजित सुदुरपश्चिम आजको खेल जितेर एक खेल अगाबै फाईनल पुग्न चाहान्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।