काठमाडौं । पाहुना टोली भारतले घरेलु टोली न्युजिल्याण्डलाई २ सय २० रनको लक्ष्य दिएको छ ।
भारत र न्युजिल्याण्ड बीचको तेस्रो तथा अन्तिम एकदिवसीयमा भारतले मध्यम लक्ष्य दिएको हो । तीन खेलको सिरिजमा घरेलु टोली १-० ले अघि रहेको छ ।
क्राईस्टचर्चमा जारी खेलमा भारतले टस हारेर पहिले ब्याटिङ गरेकोमा ४७.३ ओभरमा अलआउट हुदै २ सय १९ रन जोडेको हो ।
पाहुना टोलीका लागि वासिङ्टन सुन्दरले ६४ बलमा ५१ रनको अर्धशतकीय ईनिङ खेले ।
श्रेयस अय्यरले ४९ रन जोड्दा कप्तान शिखर धवनले २८ रन जोडे । शुभमन गिलले १३ तथा दिपक चहर र दिपक होडाले १२/१२ रन बनाए ।
रिषभ पन्तले १० रन जोड्दा भारतका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि ड्यारियल मिचेल र एडम मिल्नेले समान ३/३ तथा टिम साउदीले २ विकेट लिए ।