काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज बुधबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टियु मैदानमा हुने खेलमा सुदुरपश्चिम प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
मधेश प्रदेश तीन खेल अंक बिहिन रहेर अंक तालिकाको पुछमरमा रहेर प्रतियोगिताबाट बाहिरिसकेको छ । अपराजित सुदुरपश्चिम आजको खेल जितेर एक खेल अगाबै फाईनल पुग्न चाहान्छ ।
मुलपानीमा हुने खेलमा बागमती प्रदेश र लुम्बिनी प्रदेशको बीच खेल हुनेछ ।

बागमती आजको खेलमा जित निकालेर फाईनल पुग्न चाहान्छ । लुम्बिनी प्रदेशलाई प्रतियोगितामा जीवित रहिरहन यो खेल जित्नै पर्ने हुन्छ ।
दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।