काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले प्रदेश-१ लाई जितका लागि ७१ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले प्रदेश-१ लाई ७१ रनको लक्ष्य दिएको हो ।
खराब मौसमका कारण केही ढिला सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३१.३ ओभरमा अलआउट हुदै ७० रन बनाएको थियो । मधेशका लागि मयन यादवले १९ तथा डब्लु मल्लिकले १२ रन बनाए ।
मधेशका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउँन सकेनन् ।
प्रदेश-१ का लागि विपीन महतो र कप्तान दिपेश कडेलले ३/३ तथा संदेश भट्टराईले २ विकेट लिए । आशिष मगर र आश्विन महतोले समान १/१ विकेट लिए ।
मधेश २ खेलमा अंकबिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । प्रदेश-१ का विरुद्ध जित निकालेर मधेश पहिलो अंक जोड्न चाहान्छ ।
आजको खेल जितेर प्रदेश-१ तेस्रो स्थानमा उक्लन चाहान्छ । प्रतियोगितामा जिबित रहिरहने दुवै टोलीका लागि यो खेल महत्वपुर्ण रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।