काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले बागमती प्रदेशलाई जितका लागि १ सय ३१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले बागमतीलाई १ सय ३१ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ३६.२ ओभरमा अलआउट हुदै १ सय ३० रन बनाएको हो ।
कर्णालीका लागि कप्तान विपीन रावलले ९२ बलमा ६८ रनको अर्धशतकीय ईनिङ खेले । मनिश थापाले ३५ बलमा २५ रन जोड्दा अनिरुद्ध कवार ११ रनका आउट भए ।
कर्णालीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमतीका लागि सक्रिय कार्कीले ५ तथा अहमद राजाले ३ विकेट लिए । ओमकार यादव र अभिशेक कोईरालाले समान १/१ विकेट लिए ।

अपराजित बागमती आजको खेलमा सहज जित हात पारेर अंक तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
उता, कर्णाली आजको खेलमा जित हात पारेर प्रतियोगितामा रहिरहन चाहान्छ । आजको खेलमा पराजित भएमा कर्णाली प्रतियोगिताबाट बाहिरिने छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।