काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पार्ने क्रममा गण्डकीलाई ४ विकेटले पराजित गरेको छ ।
मौसमका कारण केही ढिला सुरु भएको खेल ४० ओभरमा घटाईएको थियो।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले दिएको १ सय ६२ रनको लक्ष्य लुम्बिनीले ४ बल अगाबै ६ विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीका लागि विशाल भुषालले अविजित ५२ रनको अर्धशतकीय ईनिङ खेले ।
आकास त्रिपाठीले ४५ तथा प्रज्वल थापाले २४ रन बनाए । देव खनालले १५ रन जोड्दा सुनिल भण्डारीले १२ रन जोडे ।
गण्डकीका लागि किरण भट्टराई र सुदिप अर्यालले समान २२ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३६.३ ओभरमा अलआउट हुदै १ सय ६१ रन बनायो।
गण्डकीका लागि सुदिप अर्यालले २० बलमा ३६ रनको योगदान गरे ।
दिपक डुम्रेले ४६ बलमा ३० रन जोड्दा करन पंगेनीले ५३ बलमा २९ रन जोडे ।
शिशिर भुषालले अविजित १२ तथा गोविन्द विकले १० रन बनाउँदा लुम्बिनीले १६ रन अतिरिक्तका रुपमा दिएको थियो ।
लुम्बिनीका लागि दुर्गेश गुप्ताले ५ तथा निर्मल गुरुङले ३ विकेट लिए ।
लुम्बिनी २ खेलमा १ जित तथा १ हारका साथ २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
जित पछि लुम्बिनी तेस्रो स्थानमा कायम रहेको छ ।
चार खेलमा खेलमा अंक बिहिन गण्डकी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।