काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज सोमबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टियु मैदानमा हुने खेलमा प्रदेश-१ र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रदेश-१ दूई खेलमा १ जित र १ हारका साथ २ अंकमा रहेर अंक तालिकाको चौथो स्थानमा रहेको छ । प्रदेश-१ सुदुरलाई पराजित गरि तेस्रो स्थानमा उक्लन चाहान्छ ।
उता, सुदुरपश्चिम चौथो जितको खोजीमा रहेको छ ।
तीन खेलमा नै अपराजित सुदुरपश्चिम ६ अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ ।
मुलपानीमा हुने खेलमा लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको बीच खेल हुनेछ ।
लुम्बिनी २ खेलमा १ जित तथा १ हारका साथ २ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।
आजको खेल जितेर लुम्बिनी तेस्रो स्थानमा कायम रहिरहन चाहान्छ ।
तीन खेलमा अंक बिहिन गण्डकी आजको खेलमा पहिलो अंक जोड्न चाहान्छ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।