काठमाडौं । अफगानिस्तानले आगामी पाँच वर्षमा युएईका मैदानहरुलाई घरेलु मैदानका रुपमा प्रयोग गर्ने भएको छ ।
अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) र इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) बीच यस विषयमा एक सम्झौतामा हस्ताक्षर भएको थियो।
सम्झौताअनुसार अफगानिस्तानले संयुक्त अरब इमिरेट्स (युएई)सँग पाँच वर्षसम्म हरेक वर्ष तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछ ।
एसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'ईसीबीले अफगानिस्तान क्रिकेट बोर्डलाई भिसा सहायता र अफिस स्पेस सहित धेरै सहयोग प्रदान गर्नेछ । यो अन्तर्राष्ट्रिय टोलीहरूको लागि असुरक्षित स्थान बनेको छ।'
सन् २०२१ को अगष्टमा तालिवानले कब्जा जमाएसँगै स्थिति झनै चर्किएको छ । एसीबीका धेरै कर्मचारीहरू तत्काल पछि देश छोडेका थिए ।
त्यसपछि अफगानिस्तानका खेलाडीहरूलाई विदेशमा खेल्नको लागि भिसा प्राप्त गर्नु ठूलो चुनौती बनेको थियो।
बोर्डले त्यसपछि करिब दुई दर्जन खेलाडीका लागि युएई रेसिडेन्सी भिसाको व्यवस्था गरेको थियो ।
यसअघि एसीबीले सन् २०१५ मा बिसीसीआइसँग भारतमा रहेको ग्रेटर नोयडामा घरेलु खेल आयोजना गर्न सम्झौता गरेको थियो ।