काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा सुदुरपश्चिमले गण्डकीलाई २ सय १४ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले ४९.३ ओभरमा अलआउट हुदै २ सय १३ रन बनायो।
सुदुरपश्चिमका लागि आकाश चन्दले ४० तथा कप्तान अनुर्ग सिंहले ७१ बलमा ३७ रन बनाए ।
नरेन साउदले २८ तथा मिलन बोहोराले २४ रन बनाउँदा सुनिल चन्द,हेमन्त धामी,गजेन्द्र बोहोराले समान १९१९ रन बनाए । दिपक बोहोराले ११ मा आउट भए ।
गण्डकीका लागि कप्तान सुवास भण्डारीले ३ तथा सुदिप अर्याल, सचिनराज अधिकारी,अर्जुन कुमाल,सिब्रिन श्रेष्ठ,निर्तिश गिरि र शिशिर भुषालले समान १/१ विकेट लिएका थिए ।
गण्डकी प्रदेश दूई खेलमा जित बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । गण्डकी सुदुरलाई पराजित गरि जितको खाता खोल्न चाहान्छ ।
उता, सुदुरपश्चिम तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा नै अपराजित सुदुरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।