काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले कर्णाली प्रदेशलाई जितका लागि १ सय ३६ रनको लक्ष्य दिएको छ ।
मुलपानी क्रिकेट मैदानमा भएको खेलमा मधेशले कर्णालीलाई १ सय ३६ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४१.५ ओभरमा अलआउट हुदै १ सय ३५ रन बनाएको थियो । मधेशका लागि शैलेन्द्र शाहले ३१ रन तथा मयन यादवले १८ रन जोडेका थिए ।
शरफज मन्सुरले अविजित १७ तथा मेघराज रामले १६ रन बनाए । डब्लु मल्लिकले १५ रन बनाउँदा कर्णालीले २२ रन अतिरिक्तमा खर्चिएको थियो ।
कर्णालीका लागि यूनिस सिंहले १० ओभरमा ३५ रन खर्चिएर ५ विकेट लिए । मोहन विक र आवास शाहले समान २/२ विकेट लिए ।
पहिलो खेलमा पराजित मधेश दोस्रो खेलमा जित निकाल्न चाहान्छ ।
दुई खेलमा अंक बिहिन कर्णाली आजको खेलमा पहिलो अंक जोड्न चाहान्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।