काठमाडौं । अस्ट्रेलियाको महिला लिग महिला बिग बास लिग(डब्लुबीबीएल)को आठौं संस्करणमा एडिलेट स्ट्राईकर च्याम्पियनभएको छ । २०१५/१६ मा सूरु यस प्रतियोगितामा स्ट्राईकर पहिलो पटक च्याम्पियन बनेको हो ।
फाईनल खेलमा स्ट्राईकरले सिड्नी सिक्सर्सलाई १० रनले पराजित गरेको हो ।
शनिबार सिड्नीमा भएको फाईनलमा एडिलेटले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको सिक्सर्सले २० ओभरमा अलआउट हुदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।
सिड्नीका लागि माईटल्यान ब्रोनले १७ बलमा ३४ रन जोड्दा कप्तान ईलेसी पेरीले ३२ बलमा ३३ रन बनाईन् । निकोल बोलटनले २७ बलमा ३२ रन तथा सोफी इक्लेस्टोनीले ८ बलमा १५ रनको योगदान गरिन् ।
एडिलेटका लागि डार्की ब्रोन र डियन्ड्रा डोटइनले समान २/२ तथा मिगान स्किउट,जिमा ब्रासबाइ, धलिय म्यार्गेथ र अमान्डा विलिंटनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एडिलेटले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । एडिलेटका लागि डियन्ड्रा डोटइनले ३७ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेलिनन् ।
उनले ६ चौका तथा २ छक्का प्रहार गरिन् । कटाइ माकले ३१ रन जोड्दा कप्तान ताहिल क्यार्गेथले २४ रन जोडेकी थिईन् ।
सिक्सर्सका लागि सोफी इक्लेस्टोनीले २ विकेट लिएकी थिईन् ।