काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज आईतबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् । टियु मैदानमा हुने खेलमा गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
गण्डकी प्रदेश दूई खेलमा जित बिहिन रहेर अंक तालिकाको पुछारमा रहेको छ । गण्डकी सुदुरलाई पराजित गरि जितको खाता खोल्न चाहान्छ ।
उता, सुदुरपश्चिम तेस्रो जितको खोजीमा रहेको छ । दुई खेलमा नै अपराजित सुदुरपश्चिम अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।
मुलपानीमा हुने खेलमा कर्णाली प्रदेश र मधेश प्रदेश बीच खेल हुनेछ । पहिलो खेलमा पराजित मधेश दोस्रो खेलमा जित निकाल्न चाहान्छ ।
दुई खेलमा अंक बिहिन कर्णाली आजको खेलमा पहिलो अंक जोड्न चाहान्छ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।