काठमाडौं । विभागिय टोली त्रिभुवन आर्मी क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा शनिबार भएको खेलमा आफ्नो तेस्रो खेलमा पहिलो जित हात पार्ने क्रममा भारतीय टोली ईस्ट सेन्ट्रल रेल्वे(ईसीआर)लाई ३ विकेटले हराएको हो ।
ईसीआरले दिएको ८३ रनको लक्ष्य पछ्याएको आर्मीले १५.१ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो ।
आर्मीका भिम सार्कीले २२ बलमा अविजित २७ रन बनाए । कुशल मल्लले २० रन जोड्दा रमेश भट्टले १० रन बनाए । आर्मीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ईसीआरका लागि अर्मान आलमले ३ तथा सुमन कुमारले २ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको ईसीआरले २० ओभरमा ८ विकेट गुमाएर ८२ रन बनाएको थियो । ईसीआरका कप्तान केहब कुमारले ५१ बलमा अविजित ३२ रन तथा राज यादवले १८ रन बनाए ।
आर्मीका लागि बिक्रम सोब र कुशल मल्लले समान २२ विकेट लिए । बासिर अहमद,प्रतिश जिशी र हरि चौहानले समान १/१ विकेट लिए ।
तेस्रो खेलमा पहिलो जित हात पारेको आर्मी २ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।
दोस्रो खेलमा दोस्रो हार व्यहारेको ईसीआर भने अंक विहिन रहदै पुछारमा रहेको छ ।