काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले प्रदेश-१ लाई जितका लागि २ सय ७० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा बागमतीले प्रदेश-१ लाई २ सय ७० रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६९ रन बनाएको हो ।
बागमतीका लागि प्रतिक श्रेष्ठले १ सय ५ बलमा १० चौका र ९ छक्काको सहयोगमा अविजित १ सय ४२ रनको शतकीय ईनिङ खेले।
कप्तान अशोक पौडेलले २५ रन जोड्दा सक्षम बस्ताकोटी २३ रन बनाउँदा रन आउट भए । अर्थब पौड्यालले १५ तथा योगेश भाटले १४ रनको योगदान गरे । प्रदेश १ ले २७ रन बागमतीलाई अतिरिक्तको रुपमा दिएको थियो ।
प्रदेश १ का लागि कप्तान दिपेश कडेंल र विपिन महतोले समान २/२ तथा अभिनय राजवंशी,आशिष मगर र सोनु अन्सारीले समान १/१ विकेट लिएका थिए ।
पहिलो खेलमा जित हात पारेका दुवै टोली लगातार दोस्रो खेलमा जित निकालेर अंक तालिकाको शीर्ष स्थानमा उक्लन चाहन्छ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।