यू-१९ राष्ट्रिय क्रिकेट : आज दुई खेल
शुक्रबार, मंसिर ९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज शुक्रबार दुई खेलहरु हुँदैछन् ।
कीर्तिपुरस्थित टीयु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा एक एक खेल हुनेछन् ।
टियु मैदानमा हुने खेलमा बागमती प्रदेश र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।
मुलपानीमा हुने खेलमा लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशबीच खेल हुनेछ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।
यू-१९ राष्ट्रिय क्रिकेट : आज दुई खेल












%20(1)-1763645320295.jpeg&w=3840&q=75)
