काठमाडौं । श्रीलंकाले अफगानिस्तानविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ ।
श्रीलंकाले डसुन शनकाले कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले घोषणा गरेको टोलीमा लाहिरु कुमारा, अशेन बान्डारा,धनन्जय लक्सम र कसुन राजिथाले टिममा पुनरागमन गरेका छन् ।
श्रीलंकाले घरेलु मैदानमा तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने तालिका रहेको छ ।
पहिलो एकदिवसीय आज शुक्रबार हुनेछ ।
