काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले सुदुरपश्चिम प्रदेशलाई जितका लागि १ सय २८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदुरपश्चिमलाई १ सय २८ रनको लक्ष्य दिएको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ३२.३ ओभरमा अलआउट हुदै १ सय २७ रन बनाएको थियो । कर्णालीका लागि दिनेश अधिकारीले ३२ बलमा अविजित ३५ रन जोडे ।
सुवास ऐरले ३० तथा कप्तान विपीन रावलले १९ रन जोडेका थिए । आवाश शाहले १५ रन जोड्दा उसका ६ खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
सुदुरपश्चिमका लागि मिलन बोहोराले ३ तथा नरेन साउद २ विकेट लिए । हेमन्त धामी र कैलाश ऐरले समान १/१ विकेट लिएका थिए ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।