काठमाडौं । विभागिय टोली नेपाल एपीएफ क्लबले पहिलो संस्करणको सगरमाथा कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको बुधबारको दोस्रो खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २ विकेटले हराएको हो ।
आर्मीले दिएको १ सय ३९ रनको लक्ष्य पछ्याएको एपीएफले ३ बल बाकीँ रहदै पूरा गर्यो । एपीएफका लागि सुमित महर्जनले १५ बलमा ४ छक्काको सहयोगमा अविजित ३७ रन बनाए । पुरन विकले १४ बलमा १ चौका र २ छक्काको सहयोगमा २१ रन बनाए ।
विपिन खत्रीले १३ बलमा १ चौकाको सहयोगमा अविजित १६ रन बनाए । लोकेश बमले १६ रनको योगदान गर्दा आयुष्मान बमले १३ रन जोडे । सुन्दीप जोराले ११ तथा प्रदिप ऐरीले १० रन बनाए ।
एपीएफका हरि चौहानले ४ तथा बासिर अहमदले २ विकेट आफ्नो नाम गरे । बिक्रम सोब र शुसन भारीले समान १/१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । आर्मीका लागि कुशल मल्लले ३२ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ४९ रन बनाएका थिए ।
सचिन शर्माले ३० रन जोड्दा बिक्रम सोबले २० रनको योगदान गरेका थिए । हरि चौहान र भिम सार्कीले ११/११ रन बनाउँदा कप्तान विनोद भण्डारी ८ रनमा अविजित रहेका थिए ।
एपीएफका लागि कमल सिंह ऐरीले २ तथा विपिन खत्रीले १ विकेट लिएका थिए ।
प्रतियोगितामा २ भारतीय टोली, ३ विभागीय तथा १ आयोजक टोली सहित ६ टोलीको सहभागीता रहेको छ ।
प्रतिगोगितामा विभागिय टोलीहरु नेपाल एपीएफ क्लब,नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी,ईस्ट सेन्ट्रल रेल्वे,ध्रुव क्रिकेट एकेडेमी र आयोजक प्रदेश १ को सहभागीता रहेको छ ।