काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आज बुधबारबाट सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन बुधबार एक खेल हुनेछ ।
कीर्तिपुरस्थित टीयु मैदानमा हुने उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका खेलहरु टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा संचालन हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख नगद प्राप्त गर्दा उपविजेताले १ लाख नगद पाउने छन् ।
यस्तै प्लेयर अफ द सिरिज बन्ने खेलाडीले १५ हजार तथा उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार पाउने छन् ।