काठमाडौं । अमेरिकाले आईसीसी विश्वकप लिग टू अन्तर्गत मंगलबार पपुवा न्यु गिनी (पीएनजी) लाई पराजित गरेको छ ।
नामिबियामा जारी त्रिदेशीय सिरिजमा अमेरिकाले पीएनजीलाई ६ विकेटले पराजित गरेको हो ।
पीएनजीले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३० ओभर ३ बलमा ४ विकेट गुमाएर १ सय ५२ रन बनायो ।
अमेरिकाको जितमा कप्तान मोनाक पटेलले ५० रनको अर्धशतकीय ईनिङ खेले । पटेलले ६५ बलमा ५ चौकाको मद्दतले ५० रन बनाए । स्टेभन टेलरले ४२ रन जोड्दा आरोन जोनिसले अविजित २० रन बनाए । शुशान्त मोदनीले १२ तथा गजानन्द सिंहले ९ रन बनाए ।
पीएनजीका असद भालाले दुई विकेट लिँदा सिमो कमिय र सेसे बाउले समान एक एक विकेट आफ्नो नाम गरे ।
त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ४७ ओभर ५ बलमा १ सय ४९ रन बनाएको थियो । पीएनजीका लागि कप्तान असद भालाले २९ तथा सेसे बाउले २४ रन बनाएका थिए । हिरी हिरीले २३ रन जोड्दा किपलिगं डोरीगाले १९ रन जोडेका थिए । नर्मन भानुवाले १३ तथा अलि नवले ११ रन बनाएका थिए ।
अमेरिकाका लागि सौरभ नैत्राभाल्कर,नर्सिग पटेल र नोस्तुशा केन्जिगेले समान दुई दुई विकेट लिदाँ ईएन हल्याण्ड र स्टेभन टेलरले समान एक एक विकेट लिए ।
यस जितसँगै अमेरिकाले ३६ खेलको सिरिजमा ३४ खेल खेलेर ३३ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
सात टोली सहभागी रहेको यो सिरिजमा पीएनजी २६ खेलमा ५ अंकका साथ पुछारमा रहेको छ ।
नेपाल भने २० खेलमा १७ अंकका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ ।