काठमाडौं । सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने पुरुष टी–ट्वान्टी विश्वकपको नयाँ ढाँचा सार्वजनिक भएको छ ।
आगामी संस्करणको विश्वकप यसअघिका दुई संस्करणभन्दा फरक ढाँचामा खेलाइनेछ । आगामी संस्करणबाट सहभागी टोलीको संख्या २० पुर्याईने छ ।
सन् २०२१ र २०२२ मा भएको जस्तो सुपर १२ को दोस्रो चरण प्रतियोगिता हुनेछैन । आगामी संस्करणमा सहभागी २० टोलीलाई पाँच–पाँच टोलीको चार समूहमा विभाजन गरिनेछ ।
प्रत्येक चार समूहबाट शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउनेछन् । सुपर आठमा पनि चार–चार टोलीको दुई समूहमा विभाजन गरिनेछ । सुपर ८ का दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्, त्यसपछि फाइनल हुनेछ ।
गत नोभेम्बर १३ मा मेलबर्नमा भएको फाइनलमा पाकिस्तानलाई पराजित गर्दै इंग्ल्यान्डले टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो।
टी–ट्वान्टी विश्वकपको पछिल्लो दुई संस्करणमा पहिलो चरणमा चार टोली दुई समूह रहेका थिए । जसमा छनोट चरणबाट प्रतियोगितामा प्रवेश गरेका टोलीहरू र अघिल्लो टी(२० विश्वकपमा नवौं देखि १२ औं स्थान हासिल गर्ने टोलीहरू रहेका थिए। पहिलो चरणमा प्रत्येक समूहबाट शीर्ष दुई टोली त्यसपछि सुपर १२ चरणका लागि छनोट भएका थिए । छनोट भइसकेका बाँकी आठ टोलीमा सामेल भएर सुपर १२ को खेल भएको थियो ।
हालसम्म १२ टिमले सन् २०२४ को टी–ट्वान्टी विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिज प्रतियोगिताको आयोजकको रूपमा स्वतस् छनोट भईसकेका छन् । सन् २०२२ को आठौं संस्करणको विश्वकपमा शीर्ष आठमा रहेका (गत विजेता इंग्ल्यान्डसहित पाकिस्तान, भारत, न्युजिल्यान्ड, अष्ट्रेलिया, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स) टोली छनोट भईसके छन् ।
बाँकी आठ स्थानका लागि क्षेत्रीय छनोटमार्फत छनोट गरिनेछ ।