काठमाडौं । ब्याट्सम्यान निकोलस पुरनले वेस्ट इन्डिजको एकदिवसीय र टी-ट्वान्टीको कप्तानी पद छाडेका छन् ।
निकोलसले सोमबारबाट वेस्ट इन्डिजको एकदिवसीय र टी-ट्वान्टीको कप्तानी छाडेका हुन् ।
वेस्ट इन्डिज क्रिकेट बोर्डले निकोलसले कप्तानी छाडेको पुष्टि गरेको छ ।
अष्ट्रेलियामा आयोजना भएको टी-ट्वान्टी विश्वकपमा खराब प्रदर्शन भएपछि निकोलसले कप्तानी छाडेका हुन् ।
विश्वकपको पहिलो चरणको तीन खेलमा वेस्ट इन्डिजले एक मात्र जित निकालेको थियो ।
केइरन पोलार्डले सन्यास घोषणा गरेपछि निकोलसले कप्तानी पाएका थिए ।
निकोलसको कप्तानीमा वेस्ट इन्डिजले १७ एकदिवसीय खेल्दा ४ जित र २३ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल्दा ८ जित निकालेको थियो ।