काठमाडौं । न्युजिल्याण्डका कप्तान केन विलियम्सनले भारतविरुद्धको तेस्रो तथा अन्तिम टी-ट्वान्टी गुमाउने भएका छन् ।
मेडिकल अपोइन्टमेन्टका कारण विलियम्सनले तेस्रो तथा अन्तिम टी-ट्वान्टी गुमाउने भएका छन् ।
नेपियरमा हुने तेस्रो तथा अन्तिम टी-ट्वान्टी सोमबार हुनेछ ।
सिरिजमा भारत १-० ले अघि रहेको छ ।
विलियम्सनको अनुपस्थितिमा टिम साउथीले न्युजिल्याण्डको नेतृत्व गर्ने छन् ।