काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको नामिबिया हुने त्रिदेशीय सिरिजका लागि नेपालले टिम घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार रोहित पौडेलको कप्तानी टिम घोषणा गरेको हो ।
नन्दन यादवले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन् ।
सिरिज आगामी डिसेम्बर २ देखि ८ सम्म हुनेछ ।
सिरिजमा आयोजक नामिबिया, नेपाल र स्कटल्याण्ड रहेको छ ।
सिरिजको अंक तालिकामा नेपाल छैटौं स्थानमा रहेको छ ।
नेपालले २० खेलमा १७ अंक जोडेको छ ।
नामिबिया २२ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
स्कटल्याण्ड २८ खेलमा ४० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
नेपालको टोली :
रोहित पौडेल, आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, ललित राजवंशी, सोमपाल कामी, सागर ढकाल, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, गुलशन झा, करण केसी, हरिशंकर साह, नन्दन यादव
