काठमाडौं । पाहुना टोली भारतले दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा न्युजिल्याण्डलाई जितका लागि १ सय ९२ रनको लक्ष्य दिएको छ ।
माउन्ट माउन्गानुइमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनायो ।
भारतका लागि सूर्यकुमार यादवले अविजित रहदै १ सय ११ रनको शतकीय इनिङ खेले ।
उनको यो टी-ट्वान्टी अन्तराष्ट्रियमा दोस्रो शतक हो ।
यस्तै इशान किशनले ३६ रन जोडे । कप्तान हार्दिक पाण्डय र श्रेयस एयरले समान १३/१३ रन बनाए ।

न्युजिल्याण्डका टिम साउथीले ३ तथा लक्की फर्गुसनले २ विकेट लिए ।
दुई टोलीबीचको पहिलो टी-ट्वान्टी रद्द भएको थियो।
वर्षाको कारण विलिङटनमा तय पहिलो टी-ट्वान्टी रद्द भएको हो ।
