काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको फ्रेन्चाईज टोली लुम्बिनी अल स्टार्सले भारतीय अलराउण्डर हरमित सिंह बद्दनलाई अनुबन्ध गरेको छ ।
लुम्बिनीले शनिबार सामाजिक संजालबाट हरमितलाई अनुबन्ध गरिएको जनाएको छ ।
यू-१९ विश्वकप विजेता हरमितसँग आईपीएलको अनुभव रहेको छ ।
३० वर्षीय उनले २०१३ को सिजनमा आईपीएल टिम राजस्थानबाट १ खेल खेलेका थिए।
उनको कप्तानीमा सिएटल थन्डरबोल्ट्सले २०२२ को माइनर लिग क्रिकेटको उपाधि जितेको थियो ।
हरमितले ७ टी-ट्वान्टी, ३१ प्रथम श्रेणी र १९ लिष्ट ए क्रिकेट खेलेका छन् ।
लुम्बिनीले शनिबार नै दक्षिण अफ्रीकाका बलिङ अलराउण्डर काल्भिन स्याभेजलाई अनुबन्ध गरिएको जनाएको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करणको लिग मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
