काठमाडौं । एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
भारतको कोलकत्तामा शनिबार भएको खेलमा नेपाल घरेलु टोलीसँग पराजित भएको हो । रग्बी १५ अन्तर्गतको खेलमा नेपाललाई भारतले ८६-० स्कोरले हराएको हो ।
रग्बी १५ मा नेपालको यो दोस्रो खेल हो । नेपालले गत असारमा ढाकामा बंगलादेशविरुद्ध डेब्यु गरेको थियो ।
एसिया रग्बी च्याम्पियनसिप डिभिजन ३ साउथमा नेपालसहित भारत र बंगलादेश गरी ३ राष्ट्रको सहभागिता रहेको छ ।
अब नेपालले मंगलबार बंगलादेशसँग खेल्ने छ ।
प्रतियोगिताका लागि २६ खेलाडीसहित २९ सदस्यीय नेपाली टोली कोलकत्तामा रहेका छन् ।