बीसीसीआईले गर्यो खेलाडी छनोट समितिलाई बर्खास्त
शनिबार, मंसिर ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले पुरुष खेलाडी छनोट समितिलाई बर्खास्त गरेको छ ।
बीसीसीआईले एक विज्ञप्ति निकाल्दै पूर्व भारतीय फास्ट बलर चेतन शर्माको नेतृत्वमा रहेको छनोट समितिलाई बर्खास्त गरिएको जनाएको छ ।
बीसीसीआईले छनोट समितिका लागि पाँच चयनकर्ताको पदका लागि आवेदन समेत खुला गरेको छ । बीसीसीआईले नोभेम्बर २८ सम्म आवेदन दिन सकिने जनाएको छ ।
भारतका पूर्व अलराउन्डर रोजर बिन्नीको नेतृत्वमा रहेको बीसीसीआई प्रशासनले गरेको यो पहिलो प्रमुख निर्णय हो ।
बीसीसीआईले गर्यो खेलाडी छनोट समितिलाई बर्खास्त











%20(1)-1763645320295.jpeg&w=3840&q=75)

