काठमाडौं । नेपाल टी-ट्वान्टी लिगको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पहिलो संस्करणको लिगको खेल तालिका सार्वजनिक गरेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने पहिलो संस्करण आगामी मंसिर २६ बाट पुस १६ सम्म आयोजना हुनेछ ।
डबल राउन्डमा हुने यस प्रतियोगितामा कुल ३४ खेल हुनेछ ।
पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
लिगको उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
लिग चरणका ३० खेल हुँदा प्रत्येक दिन दुई खेल हुनेछ । प्लेअफका खेलका दिन भने दिनमा एक खेल मात्र हुनेछ ।
यस लिगको पहिलो संस्करणमा काठमाडौं गोर्खाज,पोखरा एभेन्जर्स,फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।
