काठमाडौं । पन्जाब किंग्स पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) देखि २०२२ को १५ औं संस्करण सम्म निरन्तर सहभागीता जनाउदै आएको छ ।
१५ पटकको सहभागीतामा पन्जाब च्याम्पियन हुन सफल भएको छैन । गत संस्करणमा छैटौं हुन सफल पन्जाबले २०२३ को आईपीएलको अक्सन अगाडी आफ्ना ९ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
पन्जाबबाट फुकुवामा पर्ने ९ खेलाडीमा २ विदेशी सहित ७ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा वेस्ट इण्डिजका अलराउण्डर ओडेन स्मिथ रहेका छन् ।
अर्का फुकुवामा परेका अन्तराष्ट्रिय खेलाडीमा इंग्लिस क्रिकेटर बेनी हावेल रहेका छन् । फुकुवा हुने भारतीय खेलाडीहरुमा कप्तान मयक अग्रवाल पनि रहेका छन् । भाईभोन अरोर,इशान पोरेल,अंश पटेल,प्रिरक माकन्ड,सन्दीप शर्मा र रितिक चटर्जी रहेका छन् ।
पन्जाबको टोलीसँग ३२.२ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले तीन विदेशी सहित नौ खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
केही खेलाडी फुकुवा गरेपछि पन्जाबको टोली -
शिखर धवन(कप्तान), शाहरुख खान, राहुल चाहर, अर्शदीप सिंह, हरप्रीत बरार, राज अंगद बाबा, प्रभसिमरन सिंह, ऋषि धवन, जितेश शर्मा, बलतेज सिंह, अथर्व ताइडे, लियाम लिविंगस्टोन, कागिसो रबाडा, जोनी बेयरस्टो, नेथन एलिस र भानुका राजपाक्षे