काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि गण्डकी प्रदेशले आफ्नो टिमको घोषणा गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेशले सुवास भण्डारीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको हो ।
प्रतियोगितामा गण्डकी प्रदेश सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ । प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा गण्डकी प्रदेशको पहिलो खेल ८ मंसिरमा प्रदेश एकविरुद्ध रहेको छ ।
