काठमाडौं । घरेलु टोली नेपालले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज शुक्रबार पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल युएईविरुद्धको तीन खेलको सिरिज जित्न आजको खेल जित्नै पर्ने छ ।
युएईविरुद्ध नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ । आजको खेलमा नेपालले प्लेईङ-११ दोस्रो खेलको नै कायम रहने सम्भावना रहेको छ । पहिलो खेलमा झै दोस्रो खेलमा पनि माथिल्लो क्रमका ब्याटरबाट जिम्मेवारीपुर्ण ब्याटिङ नदेखेखिएकोले आजको महत्वपुर्ण खेलमा ब्याटिङमा समस्या नरहने अपेक्षा गरिएको छ ।
ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद तथा अर्का ओपनरमा आसिफ शेख रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा दोस्रो खेलमा राम्रो सुरुआत दिएका ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ । चौंथो नम्बरमा पहिलो खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल रहने छन् । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ ।
नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटर तथा लेग स्पिन बलर समेत रहेकाकुशल भुर्तेल सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।
विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ । तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा एघारौं नम्बरमा ललित राजवंशीको सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद(विकेटकिपर),आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,कुशल भुर्तेल,करण केसी,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी