काठमाडौं । घरेलु टोली अष्ट्रेलियाले पहिलो एकदिवसीय अन्तराष्ट्रियमा इंग्ल्याण्डलाई पराजित गरेको छ ।
एडिलेट ओभलमा भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई ६ विकेटले पराजित गरेको हो ।
तीन एकदिवसीय अन्तराष्ट्रिय खेलको सिरिजमा घरेलु टोलीले १-० को अग्रता बनाएको छ । प्याट कमिन्सले एकदिवसीय अन्तराष्ट्रियमा कप्तानको रुपमा डेब्यु खेलमा नै जित हात पारेका हुन् । इंग्ल्याण्डले टी-ट्वान्टी विश्वकप जिते पश्चातको पहिलो अन्तराष्ट्रिय खेलमा नै हार व्यहोरेको हो ।
पाहुना टोलीले दिएको २ सय ८८ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ४६ दशमलब ५ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य पूरा गर्यो ।

अष्ट्रेलियाको जितमा ओपनर डेबिड वार्नरले ८४ बलमा ८६ रनको अर्धशतकिय ईनिङ खेले । उनले १० चौका र १ छक्का प्रहार गरेका थिए । ट्रभिस हिडले ५७ बलमा ६९ रन बनाउँदा १० चौका र १ छक्का प्रहार गरे । स्टिभ स्मिथले अविजित रनको अर्धशतकिय ईनिङ खेले । एलेक्स केरीले २१ रन बनाए । क्यामरोन ग्रिनले अविजित २० रन बनाए ।
पाहुना टोलीका लागि डेबिड बिल्लिले २ तथा लिम डावासन र क्रिस जोर्डनले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८७ रन बनाएको थियो । पाहुना टोलीका लागि डाविड मलानले १ सय २८ बलमा १ सय ३४ रनको शतकिय ईनिङ खेलेका थिए । उनले १२ चौका र ४ छक्का प्रहार गरेका थिए ।

डेबिड बिल्लीले अविजित ३४ रन जोड्दा कप्तान जोस बटलरले २९ रन बनाएका थिए । साम बिलिङ्गस १७ तथा क्रिस जोर्डन र फिलिप साल्टले समान १४/१४ रन बनाए ।
घरेलु टोलीका लागि कप्तान प्याट कमिन्स र एडम जाम्पाले समान ३/३ तथा मार्कुस स्टोईनस र मिचेल स्टार्कले समान १/१ विकेट लिएका थिए ।