काठमाडौं । दिल्ली क्यापिटल्स पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) देखि २०२२ को १५ औं संस्करण सम्म निरन्तर सहभागीता जनाउदै आएको छ ।
१५ पटकको सहभागीतामा दिल्लीको टिम च्याम्पियन हुन सफल भएको छैन । गत संस्करणमा पाँचौ हुन सफल दिल्लीले २०२३ को आईपीएलको अक्सन अगाडी आफ्ना ४ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
दिल्लीबाट फुकुवामा पर्ने ४ खेलाडीमा १ विदेशी सहित ३ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा न्युजिल्याण्डका विकेटकिपर ब्याट्सम्यान टिम साइफर्ट रहेका छन् । फुकुवा हुने भारतीय खेलाडीहरुमा आश्विन हिबार,केएस भरत,मनदिप सिंह रहेका छन् ।
दिल्लीको टोलीसँग १९.४५ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले दुई विदेशी सहित पाँच खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
दिल्लीको टोली :
अमन खान , एनरिक नोर्किया, अक्षर पटेल, चेतन सकरिया, डेबिड वार्नर, कमलेश नगरकोटी, कुलदीप यादव, ललित यादव, लुंगी एनगिडी, मिचेल मार्श, मुस्तफिजुर रहमान, प्रवीन दुबे, पृथ्वी शा, रिफल पटेल, ऋषभ पन्त, रोभमन पावेल, सरफराज खान, खलील अहमद, विक्की ओस्टवाल र यश धुल