काठमाडौं । राजस्थान रोयल्स पहिलो संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) को च्याम्पियन टोली हो । रोयल्स आईपीएलमा पहिलो सहभागीतामा नै च्याम्पियन हुन सफल टोली हो ।
गत संस्करणको उपबिजेता टोली रोयल्सले यसपटकको आईपीएलको अक्सन अगाडी आफ्ना ९ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
रोयल्सबाट फुकुवामा पर्ने ९ खेलाडीमा ५ विदेशी सहित ४ भारतीय खेलाडी रहेका छन् ।
फकुवामा पर्ने विदेशी खेलाडीमा साउथ अफ्रिकाका खेलाडी कोर्बिन बोस न्युजिल्याण्डका अलराउन्डरद्वय ड्यारिल मिचेल तथा जेम्स नीशम रहेका छन् । अष्ट्रेलियाका नाथन कूल्टर नाइल तथा दक्षिण अफ्रिकी खेलाडी राशी भान डा दुसन रहेका छन् ।
फुकुवा हुने भारतीय खेलाडीहरुमा अनुनय सिंह, करुण नायर, शुभम गरवाल, तेजस बरोका रहेका छन् ।
राजस्थानको टोलीसँग १३.२ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले चार विदेशी सहित तेह्र खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
राजस्थानको टोली :
देवदत्त पडिकल, ध्रुव जुरिल, जोस बटलर , केसी करियप्पा, कुलदीप सेन, कुलदीप यादव, नवदीप सैनी, ओबेड म्याक्वेई, प्रसिद्ध कृष्णा, रविचन्द्रन आश्विन, रियान पराग, सन्जु सामसन(कप्तान), शिमरन हिटमायर , ट्रेट बोल्ट , यशस्वी जैसवाल र युजभेन्द्र चहल