काठमाडौं । लखनउ सुपर जायन्ट्सले २०२२ को १५ औं संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) मा पहिलो पटक सहभागीता जनाएको हो । जायन्ट्सको टिम आईपीएलमा पहिलो सहभागीतामा नै तेस्रो हुन सफल टोली हो ।
उसले २०२३ को १६ औं संस्करणको आईपीएलको अक्सन अगाडी आफ्ना ७ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
लखनउबाट फुकुवामा पर्ने ७ खेलाडीमा ४ विदेशी सहित ३ भारतीय खेलाडी रहेका छन् । फकुवामा पर्ने विदेशी खेलाडीमा अष्ट्रेलियाका तिव्र गतिका बलर एन्ड्रु टाय रहेका छन् । वेस्ट इण्डिजका पूर्व कप्तान अलराउण्डर जासन होल्डर तथा ओपनर ईभेन लुईस समेत फुकुवा भएका छन् । फुकुवा हुने अर्का विदेशी खेलाडीमा श्रीलंकाका तिव्र गतिका बलर दुस्मन्था चमिरा रहेका छन् ।
फुकुवा हुने भारतीय खेलाडीहरुमा अंकित राजपुत,मनिष पाण्डे तथा शाहबाज नदिम रहेका छन् ।
लखनउको टोलीसँग २३.३५ करोड भारतीय रुपैयाँ बाकीँ रहँदा उसले चार विदेशी सहित १४ खेलाडी टोलीमा अनुबन्ध गर्न बाकीँ रहेको छ । २०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
केही खेलाडी फुकुवा गरे पछि लखनउको टोली यसप्रकारको रहेको छ ।
आवेश खान, आयुष बदोनी, दीपक हुडा, कृष्नपा गौतम, करन शर्मा, केएल राहुल(कप्तान), क्रुणाल पाड्या, काइल मेयर्स, मनन बोहरा, मार्कुस स्टोइनिस, मार्क उड,मयक यादव, मोहसिन खान, क्विटन डी कक र रवि बिश्नोई