काठमाडौं । गुजरात टाईटन्स गत संस्करणको ईण्डियन प्रिमियर लिग(आइपीएल) को च्याम्पियन टोली हो ।
आईपीएलमा पहिलो सहभागीतामा नै च्याम्पियन हुन सफल टोली गुजरातले यसपटकको आईपीएलको अक्सन अगाडी आफ्ना ४ खेलाडीलाई अक्सनका लागि टिमबाट फुकुवा गरेको छ ।
गुजरातबाट फुकुवामा पर्ने ४ खेलाडीमा २ विदेशी सहित २ भारतीय रहेका छन् । गत संस्करण व्यक्तिगत कारण देखाउदै आईपीएलको पुरा संस्करण नै नखेलेका जासन रोयलाई गुजरातले फुकुवा गरेको छ ।
वेस्ट इण्डिजका अलराउन्डर डोमिनिक डार्क पनि फुकुवामा पर्ने अर्का विदेशी खेलाडी हुन् । त्यस्तै टोलीले गत संस्करणमा रोयको स्थानमा आएका अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान रमिउल्लाह गुर्बाज र तिब्र गतिका बलर लकि फर्गुसनलाई कोलकत्ता नाईट राईडर्सलाई बिक्रि गरेको छ ।
गुर्किरत सिंह र बरुन आरोन फुकुवामा पर्ने दुई भारतीय हुन् । गुजरातले ३ विदेशी सहित ७ खेलाडी टिम अनुबन्ध गर्न पाउने छ । गुजरातसँग १९.२५ करोड भारतीय रुपैया खर्च गर्न बाकीँ रहेको छ ।
२०२३ को आईपीएलको मिनी अक्सन डिसेम्बर २३ मा हुदैछ । मिनी अक्सन भारतको कोची शहरमा हुनेछ।
केही खेलाडी फुकुवा र केही खेलाडी बिक्रि गरे पछिको गुजरात टाईटन्सको टिम यसप्रकार रहेको छ ।
अभिनब सदारगनी, अल्जारी जोसेफ, बी साई सुधर्सन, दर्शन नलकाडि, डेविड मिलर, हार्दिक पाड्या(कप्तान),जयन्त यादव, म्याथ्यु वेड(विकेटकिपर), मोहम्मद शमी,नूर अहमद, प्रदीप सागवान, आर. साई किशोर, राहुल तेवातिया, राशिद खान, शुभमन गिल, विजय शंकर, रिद्धिमान शाह, यश दयाल