काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी-ट्वान्टी अलराउन्डर वरीयतामा यथावत रहेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा दीपेन्द्र यथावत रहेका हुन् । नयाँ वरीयतामा दीपेन्द्र १५ औं स्थानमा छन् ।
ब्याटिङतर्फ भने दीपेन्द्र ६० औं स्थानमा र कुशल भुर्तेल ५३ औं स्थानमा यथावत रहेका छन् । बलिङतर्फ भने सन्दीप लामिछाने ७० औं स्थानमा यथावत रहेका छन् ।
ब्याटिङतर्फ भारतका सुर्य कुमार यादव शीर्ष स्थानमा रहेका छन् । बलिङमा श्रीलंकाका वानिन्दु हसरंगा शीर्ष स्थानमा रहदा अलराउण्डर तर्फ भने शाकिब अल हसन शीर्ष स्थानमा रहेका छन् ।
टी-ट्वान्टी वरीयता नेपाल १६ औं स्थानमा यथावत रहेको छ ।