काठमाडौं । युएईविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ । युएईले ब्याटिङ रोजेपछि नेपालले सुरुआतमा फिल्डिङ गर्नेछ ।
आज नेपाल युएईविरुद्ध जितको खोजीमा रहेको छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो ।
नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपूर्ण रहेको छ । युएई दोस्रो खेलमा जित निकाल्दै एक खेल अगाबै सिरिज जित्ने लक्ष्यमा छ ।

तीन खेलको सिरिजमा युएई १-० ले अघि रहेको छ । आजको खेल जितेमा युएईले सिरिज आफ्नो बनाउनेछ । तर, नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज १-१ को स्थितिमा ल्याउन चाहन्छ ।
युएई र नेपालबीचको तेस्रो तथा अन्तिम खेल भने शुक्रबार हुनेछ ।
