काठमाडौं । नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज दोस्रो खेल आज बिहीबार हुदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल युएईविरुद्धको दोस्रो खेलमा जित निकाल्न चाहन्छ । सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो । नेपाललाई सिरिज जोगाउन समेत यस खेल महत्वपुर्ण रहेको छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ । आजको खेलमा नेपालले प्लेईङ-११ मा केहि परिवर्तनको सम्भावना रहेको छ ।
ओपनरका रुपमा विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद तथा अर्का ओपनरमा आसिफ शेख रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा पहिलो खेलमा मौका पाए पनि ब्याटिङमा योगदान दिन नसकेका ज्ञानेन्द्र मल्लको स्थानमा कुशल भुर्तेलले मौका पाउने सम्भावना रहेको छ । चौंथो नम्बरमा पहिलो खेलमा नेपालका कप्तानका रुपमा डेब्यु गरेका रोहित कुमार पौडेल रहने छन् । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ ।
नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटर तथा मध्यम गतीका बलर समेत रहेका मोहम्मद आदिल आलम सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।
विस्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ । तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर गुल्सन झाको सम्भावना रहँदा एघारौं नम्बरमा ललित राजबंशीको सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
अर्जुन साउद(विकेटकिपर),आसिफ शेख,कुशल भुर्तेल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,गुल्सन झा र ललित नारायण राजबंशी