सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल माघमा

सोमबार, २८ कार्तिक २०७९खेलपाटी संवाददाता
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल माघमा
Loading ad...
mustang rice ad

काठमाडौं । ‘काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिभल’ आगामी माघ २ गते आयोजना हुने भएको छ ।

ग्लोबल एलायन्स अफ एनजीव फर रोडसेफ्टि, एफआईए फाउन्डेसन र अन्य विभिन्न संस्थाहरुको सहयोगमा नासा फाउन्डेसनले नेपालमा आयोजना गर्ने सो फिल्म फेस्टिभल मार्फत सडक र सवारी सम्बन्धी आधारभुत जानकारी दर्शक सामु प्रस्तुत गर्ने लक्ष्य रहेको बताइएको छ ।

मोटरसाइक्लिङ सेफ्टि मुख्य थिम रहेको सो फिल्म फेस्टिबल इन्टरनेशनल रोड सेफ्टी फिल्म फेस्टिभलमा आबद्द रहेको छ ।

फिल्म फेस्टिभलमा विभिन्न प्रतियोगीहरुले सडक सुरक्षा, सेफ्टी राइडिङ र हेल्मेट तथा भयरहित यात्राको अधिकार सम्बन्धी फिल्म प्रदर्शन गर्नेछन् ।

प्रतियोगीले बढीमा १० मिनेटको फिल्म देखाउन सक्ने छन् ।  जस अन्तर्गत डिसेम्बर ३० भित्र आ–आफ्नो फिल्मको अवधारणा वुझाइसक्नु पर्नेछ भने छनोटमा परेका १० देखि १५ वटा अवधारणालाई प्रक्रियामा सामेल गराइनेछ ।

विभिन्न छलफल, ओरिएन्टेसन र निर्माणको चरण पार गरेका १० वटा फिल्मलाई प्रतिस्र्धामा समावेश गरिनेछ ।

अन्तिम दिनमा दरबारमलस्थित दरवार सिनेम्याक्समा फिल्म प्रदर्शन गरिने छ । उक्त फिल्म फेस्टिबलमा यातायातका सरकारी निकाय, ट्राफिक प्रहरी, स्वास्थय र सुरक्षा सम्वन्धि निकायहरु, अटोमोबाइल सम्वन्धि व्यवसायीक प्रतिष्ठानहरु,  स्थानीय निकाय, सरकारी, गैरसरकारी संस्था, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा व्यावसायिक संस्थाको समेत सहयोग रहने आयोजकले जनाएको छ ।

सो अवसरमा फिल्म प्रदर्शनसंगै अवार्ड प्रोग्राम, अन्तरक्रिया तथा सडक र सुरक्षा सम्बन्धी विभिन्न विषयमा प्रदर्शनी समेत गरिने छ ।

सन् २०१८ बाट नासा नेपालले सडक सुरक्षाको क्षेत्रमा काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल शुरु गरेको थियो भने २०२० मा दोश्रो फिल्म फेस्टिभल आयोजना गरेको थियो ।

कुल १२ लाख ५० हजार अनुमानित खर्च लाग्ने सो फिल्म फेस्टिभलको लागी इश्वर बल्लभ उप्रेतीको संयोजकत्वमा एक समिति गठन गरीएको आयोजकले जनाएको छ ।

नासा फाउण्डेसन , नेपाल अटोमोबाइल्स एसोसीएसन (नासा नेपाल) को सडक सुरक्षा, मोबीलीटी र कल्याणकारी कार्यको लागि स्थापित संस्था हो ।

 

Loading ad...
LiNing Ad
काठमाडौं रोड सेफ्टी फिल्म फेस्टिबल माघमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एकै खेलमा रिंकुको ५ क्याच

एकै खेलमा रिंकुको ५ क्याच

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

चेल्सीलाई ८ वर्षपछि एफए कप उचाल्ने मौका

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस