काठमाडौं । पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले हार व्यहोरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपाललाई युएईले ८४ रनले हराएको हो ।
युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन मात्र बनाउन सक्यो ।
अर्जुन साउद र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ खेलेपनि नेपालले लक्ष्य पूरा गर्न सकेन ।
एकदिवसीय अन्तराष्ट्रियमा डेब्यु खेलाडी अर्जुनले ५१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै दीपेन्द्रले ५४ रनको इनिङ खेले ।

त्यस्तै नेपालका कप्तान रोहित पौडेल १ रनमा आउट हुँदा आसिफ शेखले १२ तथा अर्का डेब्यु खेलाडी हरिशंकर साहले ८ रन बनाए ।
कुशल भुर्तेल ६,सोमपाल कामी ३, करण केसी ३ तथा ज्ञानेन्द्र मल्ल सुन्य रनमा आउट भए ।
गुलशन झा १९ रनमा अविजित रहे भने ललित राजवंशीले अविजित ६ रन बनाए ।
युएईका आयन अफ्जल खानले ४ विकेट लिए ।
बसिल हामिदले २ तथा जाहोर खान,रोहन मुस्तफा र अहमेद राजाले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६३ रन बनाएको थियो ।
युएईका लागि रोहन मुस्तफाले ५३ रनको अर्धशतकीय इनिङ खेले ।
यस्तै मुहमद वासिमले ४४ रन जोड्दा भ्रित्य अरभिन्दले ४० रन बनाए ।
एलिशन शाराफुले २९ रन बनाए भने बसिल हामिदले १४ तथा कप्तान सिपि रिजवान २ रनमा आउट भए ।
आयन हफ्जल खानले २६ रन जोड्दा आउट भए भने अहमेद राजाले अविजित २७ रन बनाए ।
नेपालका गुलशन झाले २ विकेट लिए । सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
यस जितसँगै युएईले तीन खेलको एकदिवसीय सिरिजमा १-० को अग्रता बनाएको छ ।
अब युएई र नेपालबीचको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय बुधबार तथा तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।
