काठमाडौं । पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले सुरुआतमा बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ ।
नेपालले फिल्डिङ रोजेपछि युएईले सुरुआतमा ब्याटिङ गर्नेछ ।
आज दुबै टोली जित निकाल्दै सिरिजमा सुखद सुरुआतको योजनामा रहेका छन् ।
नेपाल र युएईबीच तीन खेलको सिरिज हुनेछ ।
भ्रमणकारी टोली युएईले नेपालसँग पहिलो पटक नेपालमा खेल्न लागेको हो । तर, नेपाल र युएई एकदिवसीय अन्तराष्ट्रियका लागि परिचित प्रतिद्वन्दी हुन् ।
नेपाल र यूएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र २ पटक विजयी हुँदा ४ पटक यूएईले खेल आफ्नो पक्षमा पारेको छ ।
