काठमाडौं । नेपाल र युएईबीचको तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज आज सोमबारबाट सुरु हुदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ ।
घरेलु टोली नेपाल युएईविरुद्ध जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । यसका लागि नेपालले आफ्नो बलियो प्लेईङ-११ खेलाउन चाहन्छ । आजको खेलको सम्भावित प्लेईङ-११ यसप्रकार रहेको छ ।
ओपनरका रुपमा विकेटकिपर आसिफ शेख तथा अर्का ओपनरमा कुशल भुर्तेल रहने सम्भावना रहेको छ । तेस्रो नम्बरमा ज्ञानेन्द्र मल्ल रहने सम्भावना रहेको छ । चौंथो नम्बरमा नेपालका कप्तानका रुपमा डेब्यु गर्न लागेका रोहित कुमार पौडेल रहने छन् । पाँचौ नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरी खेल्ने सम्भावना रहेको छ ।
नेपालका मध्येक्रमका बलियो खम्बाका रुपमा रहेका आरिफ शेख छैटौं नम्बरमा रहने सम्भावना रहेको छ । विष्फोटक ब्याटर तथा मध्यम गतीका बलर समेत रहेका मोहम्मद आदिल आलम सातौं नम्बरमा रहने सम्भावना रहेको छ ।
बिष्फोटक ब्याटर तथा तिव्र गतिका बलर करण केसी आठौं स्थानमा रहने सम्भावना रहेको छ । तिब्र गतिका बलर सोमपाल कामी नवौं नम्बरमा रहने सम्भावना रहेको छ । दशौं नम्बरमा तिव्र गतिका बलर कमल सिंह ऐरीको सम्भावना रहँदा एघारौं नम्बरमा ललित राजबंशीको सम्भावना रहेको छ ।
नेपालको सम्भावित प्लेईङ-११
आसिफ शेख(विकेटकिपर),कुशल भुर्तेल,ज्ञानेन्द्र मल्ल,रोहित कुमार पौडेल(कप्तान),दीपेन्द्र सिंह ऐरी,आरिफ शेख,आदिल आलम,करण केसी,सोमपाल कामी,कमल सिंह ऐरी र ललित नारायण राजबंशी