काठमाडौं । युएईका कप्तान सीपी रिजवानले नेपाली समर्थकका अगाडी नेपालमा नै खेल्न पाउँदा आफुलाई धेरै नै खुशी लागेको बताएका छन् ।
नेपाल र युएईबीचको एकदिवसीय क्रिकेट सिरिजको पूर्वसन्ध्यामा आइतबार आयोजित पत्रकार सम्मेलनमा कप्तान रिजवानले नेपाली दर्शकसामु नेपालमै खेल्न पाउँदा खुशी लागेको बताएका हुन्।
'हामीले यूएईमा नेपालविरुद्ध खेल्दा नेपालको घरेलु मैदानमा खेलेको जस्तो समर्थकको उपस्थिती रहेको थियो,' पत्रकार सम्मेलनमा उनले भने, 'नेपालमै खेल्दा समर्थकको उपस्थितीलाई लिएर म एकदम खुशी रहेको छु ।'
रिजवानले नेपालमा खेल्ने अवसर मिलाएको क्यानलाई धन्यवाद समेत दिए । उनले आफ्नो असल मित्र रोहित पौडेल कप्तान नियुक्त भएका थप आफुलाई खुशी लागेको बताए ।
'रोहित एक राम्रो ब्याट्सम्यानको रुपमा मेरा असल मित्र हुन् यस सिरिजबाट उनले कप्तानीको जिम्मेवारी लिएका छन्,' उनले भने 'यसमा मलाई थप खुसी लागेको छ ।'
नेपाल र यूएईबीच तीन खेलको एकदिवसीय सिरिज हुनेछ । पहिलो खेल सोमबार हुनेछ ।