आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपका पूर्व बोर्ड सदस्य श्रेष्ठ समानुपातिक उम्मेदवार

आइतबार, २७ कार्तिक २०७९खेलपाटी संवाददाता
राखेपका पूर्व बोर्ड सदस्य श्रेष्ठ समानुपातिक उम्मेदवार
Loading ad...
mustang rice ad

काठमाडौं ।  राष्ट्रिय खेलकुद परिषद्की पूर्व सदस्य सुवर्ण श्रेष्ठ मंसिर ४ गते हुने आम निर्वाचनको प्रतिनिधि सभाको समानुपातिकतर्फ सांसद्का लागि सिफारिस भएकी छन् । नेकपा एमालेबाट श्रेष्ठ सिफारिस भएकी हुन् ।

नेपाल रिङ रेस्लिङ संघकी महासचिव समेत रहेकी श्रेष्ठले युवाहरुको शारीरिक तथा मानसिक विकास लागि खेल मैदान, कभर्डहल, क्लब भवनका साथै अन्य पूर्वाधार निर्माणमा पनि जोड दिएकी छन् ।

महालक्षमी नगरपालिका, ललितपुर २, लुभूकी श्रेष्ठले खेलाडीको सम्मान र वृत्ति विकासका कार्यक्रमसहित जीवन वृत्ति प्रणाली कार्यान्वयनमा ल्याउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्न सक्ने सम्भावना भएका युवाको खोजी गर्ने, क्षमता विकासका प्रशिक्षण र तालिमको व्यवस्था मिलाउने, खेलाडीलाई प्रतियोगितामा भाग लिने अवसर उपलब्ध गराउने र खेलाडीमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धामा विजय हासिल गर्न सक्छौं भन्ने आत्मविश्वास र उत्साह जगाउने कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएकी छन् ।

‘म एक खेलाडी, खेलकर्मी भएको नाताले खेलकुद क्षेत्र को समस्या, चुनौती र अवसरलाई राम्रोसंग बुझेको  छु । खेल पर्यटनको प्रचुर सम्भावना भएको हाम्रो जस्तो देशमा खेलाडीहरुलाई आत्मानिर्भर बनाउने र नेपालको अर्थतन्त्रमा खेलकुद क्षेत्रको अहम भूमिका रहने गरी नीति निर्माण गर्नु आवश्यक छ ।  अझ भनौं साहसिक र पर्यटकीय खेलकुदको विकास र प्रवद्र्धन गर्ने हो भने थोरै लगानीमा धेरै खेलाडी उत्पादन गर्न सकिने र अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउन सकिन्छ ।’ श्रेष्ठले भनिन् ।

श्रेष्ठले निरोगी नेपाल सबै नेपालीको चाहाना भएको हुँदा निरोगी नेपालका लागि शारीरिक तथा मानसिक विकासको आवश्यक भएको र त्यो खेलकुदले मात्र पूरा गर्न सक्ने बताउदै सम्पूर्ण जनतालाई बाल्यकालदेखि नै खेलकुदमा संलग्न हुन अभिप्रेरित गर्न जरुरी भएकोमा जोड दिइन् ।

श्रेष्ठले विगतमा नेकपा एमाले सरकारमा हुँदा विभिन्न खेल मैदान, रंगशालाको स्तरोन्नती संगै एक पालिका एक खेलकुद ग्रामको कार्यक्रम अन्तर्गत २०० पालिकामा कामको सुरुआत गरेको जानकारी गराउदै नेकपा एमालेसंग खेल क्षेत्रको विकास गर्न आवश्यक योजना रहेको बताइन् । पारा खेलाडीको उचित व्यवस्थापन र उचित अवसरका लागि विशेष प्राथमिता दिइने श्रेष्ठले प्रतिबद्धता व्यक्त गरिन् ।

Loading ad...
LiNing Ad
श्रेष्ठ समानुपातिक उम्मेदवार

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
६ टिमले लिए ८४ खेलाडी

६ टिमले लिए ८४ खेलाडी

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

बिच कबड्डीमा नेपाल सेमिफाइनलबाटै बाहिरियो

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

एन्फाका पदाधिकारीलाई विदेश भ्रमणमा रोक

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

नेपाली कबड्डी टोली छैटौं एसियन ‘बीच गेम्स’को सेमिफाइनलमा

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

अझै नयाँ घरेलु मैदानमा पहिलो जितको प्रतीक्षामा मियामी

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

टोटेनह्यामलाई रेलिगेसन टार्नै सकस

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

ला लिगाको उपाधितर्फ एक कदम बार्सिलोना

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि

डिफेन्डिङ च्याम्पियन एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो उपाधि