साम विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट
आइतबार, कार्तिक २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्ल्यान्डका साम करन आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटमा प्लेयर अफ द टुर्नामेन्ट चुनिएका छन् ।
इंग्ल्यान्डलाई विश्वकपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका साम प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका हुन् ।
बलर सामले आइतबार भएको फाइनलमा पाकिस्तानविरुद्ध १२ रन खर्चेर ३ विकेट लिएका थिए ।
इंग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएर दोस्रो पटक विश्वकप जितेको छ ।
साम विश्वकपमा प्लेयर अफ द टुर्नामेन्ट








%20(1)-1763645320295.jpeg&w=3840&q=75)




